उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य अर्जुन तुम्रोकले आफुलाई प्रदेश सदस्यको टिकट दिए साम दाम दण्ड भेद सबै प्रयोग गरेर भएपनि जितेरै छाड्ने उद्घोष गर्नुभयो ।
एक कार्यक्रममा बोल्दै सदस्य तुम्रोकले गठबन्धन नभए आफुले प्रदेश सदस्यमा उम्मेद्वारीका लागि इच्छा ब्यक्त गरेको बताउनुभयो ।
उहाँले जसले टिकट पाएपनि जिताउन सबै पार्टीका नेता तथा कार्यकर्ता इमान्दारिकता साथ लाग्नु पर्नेमा जोड दिनुभयो । तुम्रोकले आफूलाई पार्टीले योग्य ठानेर उम्मेद्वार बनाएको खण्डमा चुनाव जितेर देखाईदिने दाबी गर्नुभयो । उहाँले प्रदेश सांसदमा जितेपछि आफूले पाउने सेवा सुविधा पनि जनहितमा प्रयोग गर्ने बताउनुभयो । भ्रष्टचारमुक्त समाज निर्माणमा सशक्त रुपमा आफूले भूमिका निर्वाह गर्ने उहाँको कथन छ । उहाँले सेवाको भावनाले राजनीतिमा लागेको बताउँदै सहयोगी भावनाका साथ सामाजिक सेवामा अझ सक्रिय भएर लाग्ने बताउनुभयो । राजनीतिमा उत्तिकै सक्रिय रहँदै आएका तुम्रोक अशक्त, दीनदुःखीको सहयोग अग्रसर बन्दै आउनुभएको छ ।























