उर्लाबारी, मोरङको उर्लाबारीमा आइतबार प्रदेश नं.१ का स्वास्थ्य मन्त्री जयराम यादवलाई कालो झण्डा देखाएको छ ।
उर्लाबारी—३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपिडि भवन उद्घाटन गर्न आउनुभएका स्वास्थ्य मन्त्री यादवलाई स्थानीय केही युवाहरुले कालो झण्डा देखाएका हुन् । नयाँ ओपिडि भवन निर्माणमा अनियमितता भएको भन्दै निर्माणको आम्दानी खर्च सार्वजनिक सुनुवाई गर्न माग राख्दै आएको थियो ।
कालोभण्डा देखाउने स्थानीय शेखर खड्का ,प्रदिप दाहाल, प्रतिक पाण्डे, पिपलराज गिरी र रेशु कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय