उर्लाबारी । मोरङको उर्लाबारी—३ स्थित सनसाईन अंग्रेजी बोर्डिङ स्कुलमा अंग्रेजी बिषयको पढाई भईरहेको बेला नेपाली बोलेको भन्दै एक छात्रमाथि निर्घात कुटपिट भएको घटना बाहिर आएको छ ।
विद्यालय भनेको शैक्षिक थलो हो, याताना थलो हैन भनेर आवाज उठिरहेको बेला कक्षा—१० मा अध्ययनरत पर्वत रिजाललाई निलडाम हुने शिक्षक नबिन राईले कुटपिट गरेको घटना बाहिर आएको हो ।
‘अंग्रेजी बिषयको पढाई भएको बेला नेपाली बोलेको भन्दै निलडाम हुने गरी कुटपिट भयो,उनकी आमा कोपिलादेवी आचार्यले पूर्वी कमाण्डसँग कुराकानी गर्दै भनिन्, अहिले ज्वरो समेत आएको छ । हामी साह्रै चिन्तामा छौ,छोराले केहि खाएको छैन ।’
छोराले बिद्यालयपछि घर फर्किएर शिक्षकले कुटपिट गरेको बताएको आमाकोपिलादेवीले बताइन् । भनिन्, मैले खासै चासो दिईन्, तर विहान विद्यालय जान्न सन्चो छैन भन्दा पो जिउँ खालेर देखाँउदा शरिर भरि निलडाम देखे ।’
ज्ञानको थलोलो भनिएको विद्यालयमा नै मरासन्न हुने गरी कुटपिट हुन्छ भने हामी छोराछोरीको उज्वल भबिष्यप्रति कसरी विश्वस्त हुने, आमाले कोपिलादेवीले भनिन् । विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकले माफी माग्नुपर्ने र त्यसपछि मात्र कानुनी कारवाही अघि बढाउने आफन्तको भनाई छ । छोरालाई शिक्षकले कुटेको दृश्य हेर्न नसकेको आमाले बताईन् ।
यसविषयमा विद्यालय प्रशासनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।























