उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाका बजार प्रतिनिधि रोजित पौडेल सम्पर्क विहीन हुनुभएको छ ।
पौडेल सहकारीको बजारमा पैसा संकलनको सिलसिलामा गएका बेला सोमबार दिउँसोदेखि सम्पर्क विहीन हुनुभएको हो । उर्लाबारी–५ निवासी २२ वर्षीय पौडेल मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजार क्षेत्रमा रकम संकलनमा जाने गर्नुहुन्थ्यो । सोमबार पनि काममा हिँडेका पौडेल बेलुका घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय मधुमल्लामा खोजीका लागि अनुरोध गरेका थिए । हालसम्म पनि पौडेल सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । फोन पनि स्वीचअफ रहेको बुवा होमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सोमबार दिउँसो ११ बजेपछि मधुमल्ला चौकबाट पश्चिमतर्फ लागेको सीसी क्यामेरामा देखिएको प्रहरीले जनाएको छ । पौडेलको खोजी कार्य भइरहेको मधुमल्ला प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय