उर्लाबारी । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निजी विद्यालयलाई यातना गृह नबनाउन चेतावनी दिएको छ ।
उर्लाबारी नगर कमिटीका संयोजक अनिल अधिकारीले विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथी चरम यातना दिन बन्द नगरे सशक्त रुपमा उत्र्ने चेतावनी दिएको हो । उर्लाबारी–३ स्थित सनसाइन अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययरत पर्वत रिजालमाथी शिक्षक नविन राईले कुटपिट गरेको घटना सार्वजनिक भएपछि अखिल क्रान्तिकारीले भत्र्सना गरेको छ । विद्यार्थीलाई चरम यातना दिएको पाइएको र गुपचुपमा मिलाउने कार्य नगर्न पनि सचेत गराएको छ ।
आगामी दिनमा यस्ता घटना हुन नदिन विद्यालयले गम्भिर रुपमा लिनु पर्ने र शिक्षकलाई आवश्यक कार्वाही गर्नु पर्नेमा विज्ञप्तिमा जोड दिएको छ । निजी विद्यालयले जथाभाबी शिक्षक नियुक्ति गर्ने प्रवृत्तिका कारण यस्ता घटना घटेको संगठनले निष्र्कष निकालेको छ । अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयको विकृतिविरुद्ध भण्डारफोर अभियान चलाउने अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले बताउनुभयो ।























