धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ । हरेक गतिबिधि मेयर साम्पाङले आफ्नो फेशबुकमार्फत जानकारी गराउँदै आउनुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमा ‘जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ, कमसेकम काम त सुरु गरे’ भनेर हाँसेको इमोसहित पोष्ट गर्नुभयो । सोही पोष्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले व्यग्य गर्दै कमेन्ट गर्न भ्याउनुभयो । बालेनले कमेन्टमा ‘हो नि.. तपाईकै लौरो चुनाब चिन्ह लिएर मैले चुनाब पनि त जितेको हो नि’ भन्दै ब्यग्य गर्नुभएको छ । मेयर साम्पाङले गरेको पोष्टमा हजारौं कमेन्ट छ । सकारात्मक र नकारात्मक दुबै खालका कमेन्टले सामाजिक सञ्जाल रंगिएको छ ।
























