उर्लाबारी । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट एमालेबाट उम्मेद्वार बन्ने दौडमा घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फे रहनुभएको छ ।
मोरङ क्षेत्र नं. १ का वर्तमान सांसदद्धय खतिवडा र तुम्बाहाम्फे उम्मेद्वार बन्ने दौडमा हुनुहुन्छ । खतिवडा २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ । तुम्बाहाम्फे भने समानुपातिक सांसद हुनुहुन्छ । तुम्बाहाम्फे एमालेबाट उपसभामुख हुँदै मन्त्रीसम्म बन्नुभयो ।
दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बुसँग पराजित हुनुभएका खतिवडा २०७४ मा संघीय संसद निर्वाचित हुनुभएको थियो । खतिवडा र तुम्बाहाम्फे दुबै पार्टी अध्यक्ष केपी ओली निकट मानिन्छन् ।
को बलियो ?
खतिवडा तेस्रो पटक नेकपा एमालेबाट टिकट हत्याउन प्रयासमा हुनुहुन्छ भने तुम्बाहाम्फे पनि यस पटक प्रत्यक्षतर्फबाट निर्वाचनमा लड्ने मोडमा हुनुहुन्छ । खतिवडाले पटक पटक यस क्षेत्रका समस्याका बारेमा सदनमा खरो तरिकाले कुरा राख्दै आउनुभएको छ । तुम्बाहाम्फे भने मन्त्री हुँदासमेत यस क्षेत्रको विकासमा कुनै काम नगरेको आरोप लाग्ने गरेको छ । यसअर्थमा पनि तुम्बाहाम्फेभन्दा खतिवडा नै बलियो उम्मेद्वार हुने कार्यकर्ताहरुको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय