उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) विकासप्रेमी सांसद्का रुपमा चिनिनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा हुने अधिंकाश कार्यक्रममा सहभागी हुँदै आउनुभएका प्रदेश सांसद् साम्बा निर्वाचित भएदेखि नै यस क्षेत्रको विकास निर्माण र स्थानीयको समस्या समाधानमा लागि परिरहनुभएको छ ।
सांसद् साम्बा आफ्नो निर्वाचन क्षेत्रको साना होस वा ठुला सबै समस्यालाई प्रदेशसभा बैठकमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । सो क्षेत्रबाट अत्याधिक मत ल्याएर निर्वाचित हुनुभएका सांसद् साम्बा आफुले जनतासामु गरेका बाचाहरुलाई पूरा गर्न निरन्तर रुपमा लागि परेको बताउनुहुन्छ ।
उहाँको निर्वाचन क्षेत्र अन्र्तगत पर्ने उर्लाबारी र मिक्लाजुङको सिमामा पर्ने मिक्लु खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने उर्लाबारी – टाँडी – रमिते सडक खण्ड कालोपत्रको काम जारी छ उत्तरी मोरङको मुहार फेरिने यी योजनामा सांसद साम्बाको महत्वपूर्ण भूमिका रहेको थियो । यस्तै बक्राहा र मावा खोला नियन्त्रण, सडक ग्राभेल, धामको विकास, सामुदायिक भवन निर्माण, सामुदायिक क्याम्पसलगायतको विकासका सांसद साम्बाले यो क्षेत्रमा ठूलो बजेट भित्र्याउन सफल बन्नुभएको छ ।
अन्य थुप्रै साना ठुला विकास निर्माणका क्षेत्रमा प्रदेश सांसद् साम्बा लागि पर्नुभएको छ । प्रदेश सांसद् साम्बा आफ्नो निर्वाचन क्षेत्रमा दुखमा परेका जनताको घरघरमा पुग्ने गर्नुभएको छ ।
प्रदेश सांसद् साम्बाले चर्चित ३३ केजी सुन काण्डदेखी अबैध रुपमा खोलाजन्य पदार्थ निकासी, शिक्षक हत्या प्रकरणलगायत विषयमा संसद्मा खरो आवाज उठाउनु भएको छ । यस्तै उत्तरी मोरङका जनताहरुको समस्यादेखि विविध विषयमा संसद्मा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । प्रदेश सांसद् साम्बाले प्रदेशसभा बैठकमा उठाएका यि विषयले स्थानीयदेखी राष्ट्रियस्तरसम्म चर्चा समेत पाएको थियो ।
प्रदेश सांसद् साम्बा सार्वजनिक बसमा सरर


मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् साम्बा प्राय आफ्नै निर्वाचन क्षेत्रमा ब्यस्त देखिनुहुन्छ । प्रदेशसभा बैठक बसेका बेला विराटनगरमा रहेपनि बैठक नभएका बेला सांसद् साम्बा आफ्नो निर्वाचन क्षेत्र रहेको उर्लाबारी र मिक्लाजुङका बिभिन्न कार्यक्रममा भेटिनुहुन्छ । यसैक्रममा प्रदेश सांसद् साम्बा प्रदेश १ को राजधानी विराटनगरबाट आफ्नो निर्वाचन क्षेत्र उर्लाबारी आउँदा सार्वजनिक बसमा यात्रा गर्नुहुन्छ । सांसद् साम्बा प्राय मोटरसाईकल त कहिले साथीभाई र शुभचिन्तकको सवारी साधनमा आफ्नो निर्वाचन क्षेत्रमा घुम्ने गर्नुभएको छ । भनेको समयमा साथीभाई र शूभचिन्तकको पनि सवारी साधन हुँदैन, त्यसैले सार्वजनिक बसमा यात्रा गर्छु, सांसद् साम्बाले भन्नुभयो । सामान्य नागरिक सरह सांसद लिम्बूले गर्वका साथ सार्वजनिक यातायातमा चढेको फोटो हालेर तडकभडक देखाउने नेता र सांसदहरूलाई गतिलो जवाफ दिनु गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय