उर्लाबारी । मोरङको उर्लाबारीमा आज श्रीकृष्ण रथयात्रा निकालिँदैछ । कोरोना महामारीका कारण दुई वर्षसम्म हुन नसकेको रथयात्रायस पटक भव्य बनाईदै छ ।
श्रीकृष्ण रथयात्रा व्यवस्थापन नगर समिति उर्लाबारीको आयोजनामा उर्लाबारी र आसपास क्षेत्रका धर्मानुरागी महानुभावहरुको उपस्थितिमा भब्य रथयात्रा निकालिने सचिब गजेन्द्र दंगालले जानकारी दिनुभयो । उहाँले रथयात्रामा सहभागी हुन धर्मानुरागी महानुभावहरुलाई आह्वान गर्नुभएको छ । रथयात्रामा २५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
भदौ आज दिउँसो २ बजे उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा, स्कुलडाँडा, फागो टोल, हाटखोला, उर्लाबारी चौक, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर समापन हुने सचिव दंगालले बताउनुभयो ।
रथयात्रा सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ । जसमा उर्लाबारी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ दिने र अन्य रकम धर्मप्रेमी महानुभावबाट संकलन गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय