उर्लाबारी । मोरङको उर्लाबारीमा आज श्रीकृष्ण रथयात्रा भब्य रुपमा निकालिएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म हुन नसकेको रथयात्रा यस पटक भव्य निकालिएको हो ।
श्रीकृष्ण रथयात्रा व्यवस्थापन नगर समिति उर्लाबारीको आयोजनामा निकालिएको रथयात्रामा ५ हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । रथयात्रामा उर्लाबारी र आसपास क्षेत्रका धर्मानुरागी महानुभावहरुको उपस्थितिमा रहेको सचिब गजेन्द्र दंगालले जानकारी दिनुभयो । उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा, स्कुलडाँडा, फागो टोल, हाटखोला, उर्लाबारी चौक, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय