उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले जडान गरेका सडक बत्तीहरु कतिपय स्थानहरुमा बल्न छोडेका छन् । भित्री सडकमा जडान गरिएका सडक बत्तीहरु बल्न छोडेपछि समस्या भएको भन्दै मेयर गंगाप्रसाद खरेलको ध्यानाकर्षण गराएका छन् । ब्यवसायी तारामान सेरेङको नेतृत्वमा मेयर खरेलको कार्यकक्षमै पुगेर चाँडो सडक बत्ती मर्मत सम्भार गरिदिन माग गरेका छन् । सेरेङसहित ब्यवसायी जीवन गुरागाई, भीम घिमिरेलगायतले सडक बत्तीका बारेमा नगरपालिकाले ध्यान दिनु पर्नेमा जोड दिएका छन् । मेयर खरेलले जतिसक्दो चाँडो बत्ती मर्मत गर्ने बचन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय