उर्लाबारी । नेकपा एकीकृत समाजवादीले मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस गरेको छ ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार सफारिस गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको उर्लाबारी नगर अध्यक्ष ढकबहादुर थापा (डिबी) ले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्यमा बलबहादुर घिसिङ, बिद्या चाम्लिङ, शान्ति पाख्रिन र मनोहरी दाहालको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र अन्र्तगत मोरङ १ क मा मानबहादुर श्रेष्ठ, साबित्रा धिमाल, तोर्ण श्रेष्ठ र नरबहादुर बराईलीको नाम सिफारिस गरेको हो । प्रदेशसभा निर्वाचन क्षेत्र मोरङ १ ख मा वर्तमान प्रदेश सांसद् उपेन्द्र घिमिरे, अग्निप्रसाद पौडेल, रोहित कट्वाल र शुभद्रा राईको नाम सिफारिस गरेको छ । मोरङ क्षेत्र नं. १ बाट उम्मेद्वारको नाम सिफारिस गर्ने पहिलो पार्टी नेकपा एकीकृत समाजवादी बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय