उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले पटक–पटक सूचना जारी गर्दापनि ‘स्टोक प्रमाणित’ नगरी थुपारिएका खोलाजन्य पदार्थलाई सिल गरेको छ ।
शुक्रबार उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको अगुवाईमा प्रशासन, प्राविधिक र सुरक्षा टोलीले उर्लाबारीका विभिन्न नौ स्थानमा अवैध रुपमा थुपारिएका खोलाजन्य पदार्थको अनुगमन गरी रातो झण्डा गाडेको हो । अवैध स्टोक रहेको स्थानमा मेयर खरेलसंगै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीपनि अनुगमनमा निस्किनु भएको प्रेस संयोजक मिलन के राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय