काठमाडौं, राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि पठाएको विधायन व्यवस्थापन समितिमा सत्तापक्षकै बहुमत छ।

समितिको सभापति जेष्ठ सदस्य नारायण दत्त मिश्र छन्। उनी पनि नेपाली कांग्रेसकै सांसद हुन्। समितिको बैठक भोलि बस्दैछ।

समितिमा रहेका १५ सांसदमध्ये सत्ता गठबन्धनमा रहेका दलहरूका १० सांसद छन्। एमालेबाट ४ र १ जना स्वतन्त्र छन्।

कांग्रेसबाट जितेन्द्र नारायण देव, नारायण दत्त मिश्र र प्रकाश पन्थ, माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, राधेश्याम पासवान र सुरेशकुमार आलेमगर, एकीकृत समाजवादीबाट उदयबहादुर बोहरा र बेदुराम भुसाल र जनता समाजवादीबाट प्रमिला कुमारी छन्।

स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि गठबन्धन पक्षधर हुन्। यद्यपि देवकोटा यसअघि विधेयकको विपक्षमा थिए। समितिमा एमालेका तर्फबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने, भैरव सुन्दर श्रेष्ठ र विमला राई पौडेल छन्।

समितिले विधेयकलाई फास्ट ट्र्याकमा पारित गरेर संसदमा लैजाने माओवादी केन्द्रका सांसद सुरेश आलेले बताए।

‘हामीले फास्ट ट्र्याकबाट पारित गर्छौं। राष्ट्रपतिले अपमानजस्तो महसुस गर्नुभयो। अलिकिति विधि प्रक्रिया मिलाउने भनेर गरिएको हो,’उनले भने,’त्यही विधेयक पारित हुने हो। त्यसमा परिवर्तन हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय