उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री तथा उर्लाबारी नगरपालिकाका प्रथम मेयर खड्ग फागोले नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
सह–महामन्त्री फागोले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिनुभएको हो । तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने फागोको विश्वास छ । पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु पर्नेमा सह–महामन्त्री फागोले जोड दिनुभएको छ ।























