उर्लाबारी । कांग्रेसका नेता केशबप्रसाद दुलालले माेरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ उम्मेद्वारीको दाबी कायम रहेको बताउनुभएकाे छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालयले नामावली सिफारिसका लागि गरेको परिपत्र अनुसार आज मोरङ्ग निर्वाचन क्षेत्र नं ३ मा क्षेत्रीय समितिको आयोजनामा नामावली सिफारिस गर्न बसेको बैठकले सुनिल शर्माकाे नाम सर्वसम्मत सिफारिस गरेपछि उहाँले आपत्ति जनाउनु भएकाे हाे । सामाजिक सञ्जालमा पाेष्ट गर्दै दुलालले सहमति बिना नेपाली काँग्रेस क्षेत्रीय सभापतिले काल्पनिक र अराजनीतिकत तबरबाट आफ्नो उम्मेदवारी कायम नरहेको बैठकमा जानकारी गराउदै हचुवाको भरमा घोषणा गरेको भन्दै उहाँले साे निर्णयकाे कडा आलोचना गर्नुभएकाे छ। साे निर्णयलाई सच्याई राजनीतिक रूपमा प्रस्तावित नामावलीहरूलाई माथिल्लो तहमा सिफारिस गर्न अनुरोध गर्नु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय