उर्लाबारी । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नं. १ (ख) ले उम्मेद्वार सिफारिस गरेको छ ।
प्रदेशसभाका लागि लेटाङ नगरपालिकाका प्रथम मेयर शंकर राईको नाम सिफारिस भएको हो । प्रत्यक्षतर्फ राईसहित बृषबहादुर थापा र प्रकाश बस्नेतको नाम पनि सिफारिस भएको छ । राई मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति हुनुहुन्छ ।
त्यस्तै, प्रदेशसभा सदस्य समानुपातिकतर्फ सुभद्रा भट्टराई, इन्द्रबहादुर लिम्बू र बिमल राईको नाम सिफारिस भएको छ ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ जिल्ला सभापति डिकबहादुर लिम्बू र रामप्रसाद पोख्रेलको नाम सिफारिस भएको छ भने समानुपातिकमा दिब्यादेवी बस्नेतको नाम सिफारिस भएको कार्यवहाक सभापति मनोज खड्काले जानकारी दिनुभयो ।
यता मोरङ क्षेत्र नं. १ (क) को पनि आज उम्मेद्वारको टुंगो लगाउने सभापति नरबहादुर मोक्तानले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय