उर्लाबारी । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा माअोवादी केन्द्रले तयारी थालेको छ ।
मोरङ क्षेत्र नं. १ मा निर्वाचनका लागि तयारी थालिएको माओवादी केन्द्रले जनाएको छ । यसैक्रममा मोरङ क्षेत्र नं. १ क बाट भोली उम्मेद्वार छनौट सिफारिस गर्ने माओवादी नेता तथा उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । मोरङ क्षेत्र नं. १ (क) बाट प्रदेश सभामा कुलप्रसाद साम्बा लिम्बू (कुशल) लाई सर्वसम्मत उम्मेद्वार सिफारिस गर्नु पर्ने कार्यकर्ताहरुको जोड छ । जनताको हितमा रहेर काम गर्दै आउनुभएकाले वर्तमान प्रदेश सांसदसमेत रहनुभएका माओवादीका केन्द्र सदस्य लिम्बूलाई यस पटक पुनः प्रदेश सांसदको उम्मेद्वार बनाउनु पर्नेमा जनमत देखिएको छ । विकास निर्माणलगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नु भएका लिम्बू पुनः एक पटक प्रदेश सांसद बन्ने दौडमा देखिनुभएको छ । त्यस्तै, प्रतिनिधिसभा सदस्यमा प्रेम मिभकको दाबी रहेको छ । त्यस्तै, प्रदेशसभा सदस्य समानुपातिकमा इमान्दार छबीका नेता तारिलाल धिमाल (प्रवेश) को दाबी छ भने प्रतिनिधिसभा सदस्य समानुपातिकमा ममता ताजपुरियाको आकांक्षा रहेको बुझिएको छ ।























