उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले १ सय दिनमा गरेको काम सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले १ सय दिनको काम सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको प्रत्येक वडामा नागरिक साहयता कक्ष स्थापना, प्रत्येक वडामा निःशुल्क फोटोकपि, नगरपालिकाको कार्यालयमा सहायता कक्ष तथा निःशुल्क फोटोकपि, शिक्षा ऐन, खानेपानी सेवा व्यवस्थापन तथा नियमन ऐन, आपतकालिन कार्य सन्चालन कार्यविधि, सहकारी संस्था दर्ता सम्बन्धी कार्यविधि, सहकारी ऐन २०७६ को पहिलो संम्सोधन, कोशेली घर सन्चालन कार्यविधि, शिक्षा नियमवली, नगर खेलकुद कार्यविधि, स्वास्थ्य संस्था सन्चालन तथा निर्देशिका, ई–रिक्सा कार्यविधि, सार्वजनिक खरिद नियमवली, एम्बुलेन्स तथा शव वाहान सेवा सन्चालन निर्देशिका ऐन नगरसभाद्धारा स्विकृत गरेको मेयर खरेलले जानकारी दिनुभयो ।
त्यस्तै, विपद व्यवस्थापन अन्तर्गत वडा नं १ देखि ९ सम्म विभिन्न स्थानमा तटबन्धन, तारजाली, पायलिङ,एकृकित खानेपानी योजना अन्तर्गत विभिन्न ५ खानेपानी एकृकित गर्न आवश्यक कानूनी प्रक्रिया सुरुवात, फलफूलका विरुवा, सयपत्री फूलका विरुवा वितरण, निःशुल्क अपाङ्गता सहायता सामाग्री वितरण,विपन्न तथा एकल महिलालाई सिलाई मेसिन वितरण, व्यवसायिक सीपजन्य विभिन्न तालिम सन्चालन, सीप विकास अन्तर्गत उर्लाबारी नगरपालिकाको प्राथमिकता रहेको ढाका बुनाई तालिम तथा तान वितरण गरिएको उहाँको भनाई छ । त्यस्तै,गर्भवती तथा सुत्केरी महिलालाई हरेक महिनामा सबै वडामा सामुदायिक स्वास्थ्य केन्द्रबाट भिडियो एक्सेरे सेवा निःशुल्क, निःशुल्क सुगर पेशर जाँच तथा सुगरको औषधि वितरण, प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता अभियान संचालन गरिएको उहाँले बताउनुभयो ।
प्रत्येक वडामा राजश्व संकलन गर्ने कर्मचारीलाई तालिमको व्यावस्था, प्रत्येक व्यक्तिको विवरण खुल्ने गरी इ–डिजिटाइजेशन प्रणालीको शुरुवात भएको उहाँले बताउनुभयो । वजेट तर्जुमा अन्तर्गत सरोकारवालासँग वृहत छलफल गरी आएका उचित सल्लाह, सुझाव, परामर्श र राय बमोजिम बजेट निर्माण गरी बजेट ल्याइएको, एकृकित सम्पत्ति कर प्रणाली प्रगतिशील बनाइएको, भुक्तानि प्रणाली पूर्ण रुपमा इलेक्ट्रोनिस एण्ड ट्रान्फरमा लगिएको, सामुदायिक र संस्थागत विद्यालयको अनुगमन बढाई शैक्षिक गतिबिधि निगरानी सुरु गरिएको, सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न विद्यालयको वाल विकास केन्द्रलाई बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । लक्षित परिवारलाई निःशुल्क इन्डक्सन चुल्हो वितरण गर्न खरिद कार्य सपन्न भएको, देवीझोडा तेली खोला पूल निर्माणका लागि डि.पी.आर. प्रक्रिया अगाडी बढाइएको, स्वास्थ्य संस्थाहरु बाट सम्पादित कामहरुलाई डिजिटलाइज गर्नको लागि डिएचआइएस दल सम्बन्धि तालिम सबै कर्मचारीहरुलाई दिई ल्यापटप समेत दिई रिर्पोटिङ प्रणालीलाई पेपरलेस बनाउने कार्यको शुरुवात गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, १० थान स्यानेटरी प्याड मेकिङ मेसिन खरिद गरी विद्यालयलाई वितरण गरिएको, वडा नं १ को नयाँ वडा कार्यालय भवन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रवाह सूचना गरिएको, राष्ट्रिय परिचय पत्र बनाउने काम वाड नं १ देखि ९ सम्म सन्चालन भइरहेको, जिल्ला भूमी आयोग मार्फत अनुसूची २ अन्तर्गतको अधुरो कार्य सम्बन्धी दर्ता प्रमाण पूर्जा प्राप्तीको लागि दोस्रो चरण अन्तर्गत भूमी नापजाँच सम्पन्न भई सकेको र अनुसूची ३ अन्तर्गतको वडा नं ५ र ७ मा सूचना प्रगती भई प्रकृया अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो । डिजिपीएस मार्फत वडा नं १ देखि ७ सम्म नियन्त्रण विन्दु राख्ने काम सम्पन्न भएको, उर्लाबारी नगरपालिकाको क्षेत्र भित्रको सार्वजनिक जग्गा, तटबन्धन भई सृजना भएको नदि उकास जग्गा व्याक्तिको नंम्बरी क्षेत्र बाहिर रहेमा जग्गाहरुको लगत संकलन गरी सो जग्गालाई नगरपालिकाको सार्वजनिक प्रयोगमा ल्याउनउ गरी प्रकृया अगाडी बढाइएको मेयर खरेलले जानकारी दिनुभयो । भू वर्गिकरण सम्बन्धी उर्लाबारीको भूमीलाई भू(उपयोग निति २०७६ भू उपयोग नियमवली २०७९ अनुसार वर्गिकरण प्रकृया अगाडी बढाइएको, भू–उपयोग परिषद र भू कार्यन्वयन समिति गठन भएको उहाँले बताउनुभयो ।
उर्लाबारी वडा नं. ८ राजघाट सामुदायिक स्वास्थ्य केन्द्रलाई नगर स्तरिय हस्पिटलमा रुपान्तरण गर्न आवश्यक कार्य थालनी गरिएको, उर्लाबारी ३ मा अपाङ्गताका लागि अपाङ्ग मैत्री भवन जग्गा प्राप्तीका लागि अध्ययन कार्यविधि बढाइएको, मंगलबारे मदन भण्डारी तथा मंगलबारे हस्पिटलमा जेष्ठ तथा गर्भवती महिलाको लागि लाग्ने छुट ओ.पी.डी. कक्ष सन्चालन गर्न पहल गरिएको, कृषी क्षेत्रलाई प्रविधि मैत्रि बनाउन हाल प्रयत्न रहेको अनुदानमुखी प्रचलनलाई न्यूनीकरण गर्दै, जनशक्ति व्यावस्थापनका लागि प्रकृया अगाडी बढाइएको, शैक्षिक सुधार गर्नका लागि समुदायिक विद्यालयमा सम्पूर्ण प्रधानाध्यापकहरु सँग कार्यसम्पादन करार सम्झौता गर्ने तयारी थालिएको मेयर खरेलको भनाई छ ।
पूर्व पश्चिम राजमार्गको दाँया वाँया ग्रावेल गरी खाल्डा खुल्डी पुरिएको साथै प्रत्येक वडामा मर्मत सम्भारका लागि रकम विनियोजन गरी नागरिकहरुले भोगिरहेको असहजलाई सम्बोधन गरिएको, रोड बीचमा भएका खाल्डा पुर्न सडक डिभिजन कार्याल बिराटनगर सँग पहल गरी पुरिएको, चार लेन सडक निर्माणको पहिलो चरण अन्तर्गत सार्वजनिक सुनुवाई गरिएको, उर्लाबारी मधुमल्ला रवि सडक निर्माणका लागि पहल समिति बनाई भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डेलिगेसन गई यहि भाद्र १६ गते देखि निर्माण सुरु गर्ने प्रतिद्धता व्यक्त भएको यदि ठेकेदारले निर्माण शुरु नगरे नीजलाई कालो सूचीमा राखी ठेका तोडी नयाँ ठेक्का प्रकृयामा जाने गरि नयाँ समझदारी गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, कोशी बक्रा तटबन्धन कार्यक्रमसँग समन्वय गरी वडा नं १ मा २ सय मिटर भएको २ सय मिटर को थप को लागि प्रकृया अगाडी बढाइएको, सडक वोर्डमा स्वीकृत भएका योजनाहरु सम्झौता भएको, प्रगति मार्गरसचेत मार्गमा सडक बत्ती जडान कार्य सुरु, उज्यालो अभियान अन्तर्गत बिग्रिएको सडक बत्ती मर्मत सम्भारका लागि ठेक्का लागि सकेको विस्तारका लागि स्थल छनोटको प्रकृया अगाडी बढाइर्एको मेयर खरेलको भनाई छ । कार्यक्रम सञ्चालन अधिकृत मुरारी घिमिरेले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तब्य उपमेयर मीना पौडेलले गर्नुभएको थियो ।























