पुजन दास
उर्लाबारी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेद्वार छनौट सिफारिसमा दलहरु लागि परेका छन् ।
यसैक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) ले प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेद्वार सिफारिस गरेको छ । प्रदेश सभा सदस्य (क) तर्फ चिरञ्जिवी थापा, अर्जुन तुम्रोक, गोमा नेपाल र वीरवल थापाको नाम सिफारिस गरेको प्रदेश सभापति नर बहादुर मोक्तानले बताउनुभयो । त्यस्तै, समानुपातिकमा खड्ग फागो, शोभा पालुङ्वा, विजय कार्की र नेत्रकुमारी भट्टराईको नाम सिफारिस गरेको छ । यस्तै, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ ललित अधिकारी, सिता कार्की र नारायण धिमालको नाम सिफारिस गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय