उर्लाबारी । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोको नाम प्रदेशसभा सदस्यतर्फ समानुपातिकमा सिफारिस भएको छ ।
आज बसेको मोरङ क्षेत्र नं. १ क को बैठकले सह–महामन्त्री फागोको नाम समानुपातिकमा सिफारिस गरेको हो । फागो उर्लाबारी नगरपालिकाको मेयरको जिम्मेवारी निर्वाह गरिसक्नु भएका फागो पार्टीको क्षेत्रीय सभापति हुँदै हाल प्रदेश सह–महामन्त्रीको जिम्मेवारीमा रहनुभएको छ । मोरङ क्षेत्र नं. १ मा लोकप्रिय रहनुभएका फागो प्रदेश समानुपातिकतर्फ यस पटकको निर्वाचनमा होमिने लगभग निश्चित रहेको बताइन्छ । फागोसहित केहीको नाम सिफारिस भएपनि उहाँ नै समानुपातिकमा उपयुक्त पात्र भएको कार्यकर्ताहरु बताउँछन् । फागोलाई धेरै कार्यकर्ताहरुले प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा लड्न दबाब दिएका थिए । तर, फागोले यस पटक समानुपातिकमै रहने निर्णय गर्नुभएको जानकार स्रोत बताउँछ ।























