उर्लाबारी । नेकपा माओवादी केन्द्र मोरङ क्षेत्र नं. १ (क) को बैठक केहीबेरमा सुरु हुँदैछ । उर्लाबारीमा हुने बैठकमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीसहितको उपस्थिति रहने जनाइएको छ । बैठकले मोरङ क्षेत्र नं. १ (क) र प्रतिनिधिसभाका लागि उम्मेद्वार सिफारिस गर्नेछ । प्रदेश सभा सदस्यमा पुनः केन्द्रीय सदस्य कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले आकांक्षा राख्नुभएको छ । त्यसकारण लिम्बूलाई नै सर्वसम्मत उम्मेद्वार छान्ने सम्भावना रहेको छ । लोकप्रिय र विकासप्रेमी नेता भएकाले लिम्बू पुनः यस क्षेत्रका जनताको रोजाईमा पर्ने देखिनुहुन्छ । त्यस्तै, प्रतिनिधिसभामा प्रेम मिभकको नाम अघि सार्ने सम्भावना रहेको छ ।























