उर्लाबारी । नेकपा माओवादी केन्द्र मोरङ क्षेत्र नं. १ (क) ले वर्तमान सांसद कुलप्रसाद लिम्बू (कुशल) लाई प्रदेशसभा सदस्य उम्मेद्वारमा सिफारिस गरेको छ ।
आज बसेको नेकपा माओवादी केन्द्र मोरङ क्षेत्र नं. १ (क) को बैठकले लिम्बूसहित ३ जनाको नाम सिफारिस गरेको हो । उर्लाबारीका नेता पदम राई र मिक्लाजुङका गोपाल नेपालीको नाम पनि सिफारिस भएको छ ।
त्यस्तै, प्रदेशसभा सदस्य समानुपातिकमा ममता राजवंशीसहित पाँच जनाको नाम सिफारिस भएको छ । त्यस्तै, प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा प्रेम मिभकको नाम सर्वसम्मत सिफारिस भएको छ भने समानुपातिकमा उर्लाबारीका तारिलाल धिमाल (प्रवेश) र मिक्लाजुङका लक्ष्मीप्रसाद पौडेलको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय