पुजन दास
उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ डिकबहादुर लिम्बूको उम्मेद्वारी रहने देखिएको छ ।
मोरङ क्षेत्र नं. १ (क) बाट उर्लाबारीका जयधर्म आचार्य र मिक्लाजुङकी आरती बरालको नाम प्रत्यक्षमा सिफारिस भएको छ भने (ख) बाट डिकबहादुर लिम्बू र रामप्रसाद पोख्रेलको नाम सिफारिस भएको छ । चार जनामध्ये लिम्बू प्रभावशाली नेता भएका कारण तेस्रो पटक पनि उहाँ नै उम्मेद्वार बन्ने लगभग निश्चित छ । मोरङ जिल्ला सभापतिसमेत रहनुभएका लिम्बूलाई मोरङ क्षेत्र नं. १ बाट सर्वसम्मत उम्मेद्वारमा सिफारिस गर्नु पर्ने कार्यकर्ताहरु बताउन थालेका छन् । कांग्रेस एक ढिक्का भएर अघि बढ्न सकेको खण्डमा कांग्रेसले विजयी हात पार्ने पूराना कार्यकर्ताहरु बताउँछन् ।
त्यस्तै, समानुपातिकमा सिता कार्कीको सम्भावना देखिएको छ । समानुपातिकमा कार्कीसहित ललित अधिकारी, नारायण धिमाल र दिब्यादेवी बस्नेतको नाम सिफारिस भएको छ । प्रत्यक्षमा लेटाङका डिकबहादुर लिम्बूले पाएको खण्डमा उर्लाबारीबाट समानुपातिक उम्मेद्वार पाउने निश्चित छ । यसमा सिता कार्कीको सम्भावना रहेको बुझिएको छ ।























