उर्लाबारी । नेकपा माओवादी केन्द्र मोरङ क्षेत्र नं. १ (ख) को बैठकले उम्मेद्वार सिफारिस गरेको छ ।
आज बसेको बैठकले प्रदेशसभा (ख) प्रत्यक्ष तर्फको उमेदवारमा खगेन्द्र सुवेदी (भीषण), मौसम लिम्बू र बिनोद नेपालको नाम सिफारिस गरेको छ भने प्रदेशसभा समानुपातिक तर्फको उमेदवारमा रामबहादुर कार्की (बिमल), शान्ता राई र गोपाल नेपालीको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा मिक्लाजुङ इन्चार्ज दिनेश पौडेलले जानकारी दिनुभयो ।























