उर्लाबारी । नेकपा माओवादी केन्द्र मोरङ क्षेत्र नं. १ को बैठकले प्रदेश कमिटीलाई उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभामा प्रेम मिभकको नाम सर्वसम्मत सिफारिस भएको छ भने समानुपातिकमा तारिलाल धिमाल (प्रवेश), लक्ष्मीप्रसाद पौडेल, हस्त राईको नाम सिफारिस भएको हो । त्यस्तै मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ वर्तमान सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल), पदम राई र गोपाल नेपालीको नाम सिफारिस भएको छ । त्यस्तै, समानुपातिकमा ममता ताजपुरिया (राजवंशी), महेन्द्रजंग तामाङ, गजेन्द्र दंगाल र यामबहादुर गजमेर (एटम) को नाम सिफारिस भएको छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ खगेन्द्र सुवेदी (भीषण), मौसम लिम्बू (आक्रोश) र विनोद नेपालको नाम सिफारिस भएको छ भने समानुपातिकमा रामबहादुर कार्की र शान्ता राईको नाम सिफारिस भएको प्रदेश कमिटी सदस्य तारिलाल धिमाल (प्रवेश)ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय