उर्लाबारी । माेरङ क्षेत्र नं. १ (क) का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)ले विकासमा राजनीति गर्न नहुने बताउनुभयाे । उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औँ साधारणसभामा बाेल्दै सांसद लिम्बूले साे कुरा बताउनुभएकाे हाे । विकासमा राजनीति हानथाप भन्दा पनि हातेमालाे गरेर अघि बढ्नु पर्नेमा उहाँले जाेड दिनुभयाे । माेरङ क्षेत्र नं. १ (क) मा १ अर्ब काम भएकाे उल्लेख गर्दै आफुले जनभावनाअनुसार काम गरेकाे दाबी गर्नुभयाे । ब्यवसायीहरू भागाभाग हुने अवस्थाकाे अन्त्यका लागि सरकारले गम्भीरतापूर्वक ध्यान दिनु पर्ने उहाँकाे भनाई छ ।























