उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको जीवन बचाउ उपचार सेवा गृहबाट १३ जना दुव्र्यसनी फरार भएका छन् ।
गृहबाट शनिबार साँझ १३ जना दुव्र्यसनी फरार बनेका हुन् । गृहमा रहेका ३२ जनामध्ये १३ जना साँझ ६ः४५ बजेतिर फरार भएको प्रहरीले बताएको छ । के कारण उनीहरु फरार भएका हुन् भन्ने बारेमा खुल्न सकेको छैन । साँझ खाना खाने तयारी हुँदै गर्दा सुरक्षागार्डलाई कब्जामा लिएर दुव्र्यसनीहरु फरार भएको गृहका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय