उर्लाबारी । आसन्न मंसिर ४ को प्रतिनिधीसभा र प्रदेश सभाको लागि मोरङ क्षेत्र १ ले उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
मोरङको क्षेत्र नम्वर १ लेटाङमा बसेको क्षेत्रीय पदाधिकारीहरुको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभाका लागि जिल्ला सभापति डिगबहादुर लिम्वु, महाधिवेशन प्रतिनिधि रामप्रसाद पोख्रेल, प्रदेश नम्बर १ सदस्य आरती देवि बराल र प्रदेश प्रतिनिधि सदस्य जयधर्म आर्चायको नाम सिफारिस गरेको छ ।
यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि ललित अधिकारी, पूर्व महाधिवेशन प्रतिनिधि दिब्यादेबी बस्नेत र प्रदेश सह–सचिव क्षेत्र नम्वर १ ‘क’ का नारायण धिमाल नाम सिफारिस भएको छ ।
यस्तै प्रदेश प्रतक्ष्यतर्फ क्षेत्र ‘क’ मा महाधिवेशन प्रतिनिधी चिरिञ्जवी थापा, प्रदेश १ सदस्य अर्जुन तुम्रोक, महाधिवेशन प्रतिनिधि गोमा नेपाल र जिल्ला सदस्य बीरवल थापाको नाम सिफारिस भएको छ ।
यस्तै, समानुपातिकतर्फ प्रदेश सह–महामन्त्री खड्ग फागो, महाधिवेशन प्रतिनिधि शोभा पालुङ्वा, विजयी कार्की र जिल्ला सदस्य नेत्र कुमारी भट्टराई (श्रेष्ठ) को नाम सिफारिस भएको छ ।
प्रदेश सभा ‘ख’ को प्रत्यक्षतर्फ क्षेत्रीय सभापति शंकर राई, प्रदेश प्रतिनिधि बृषबहादुर थापा र केराबारी गाउँपालिका सभापति प्रकाश बस्नेत नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पूर्व महासमिति सदस्य सुभद्रा भट्टराई, महाधिवेशन प्रतिनिधि इन्द्र बहादुर लिम्वू र प्रदेश प्रतिनिधी विमल राईको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय