उर्लाबारी । मोरङ क्षेत्र नं. ४ को प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ ।
अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष ढकाल एमाले मोरङको जिल्ला सचिव हुँदै जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको हो । यस क्षेत्रमा माओवादीका नेता अमनलाल मोदी लोकप्रिय मानिनुहुन्छ । यो क्षेत्रमा यसअघि मोदीले जित हात पार्नुभएको थियो । पुनः एक पटक मोदी नै यो क्षेत्रबाट उम्मेद्वार बन्ने जनाइएको छ ।























