उर्लाबारी । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि नाम सिफारिस गरेको छ । मोरङ क्षेत्र नं. ३ मा सुनिल शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ भने अन्य क्षेत्रमा सर्वसम्मत नाम सिफारिस हुन सकेन ।
मोरङ क्षेत्र नं. १ बाट डिगबहादुर लिम्बू, रामप्रसाद पोख्रेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस भएको छ भने २ बाट डा. मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस भएको छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. ४ बाट महेश आचार्य, दिलीप गच्छदार, गुरुराज घिमिरे, अमृत अर्याल र भीम पराजुलीको नाम सिफारिस भएको छ भने ५ बाट अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस भएको छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. ६ मा डा. शेखर कोइराला, डा. डिला संग्रौला, रमेशजंग रायमाझी र शिबकुमार बस्नेतको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय