उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर लिङदेनले राजीनामा दिनुभएको हो ।
चुनाव घोषणा भइसकेको सन्दर्भमा तलब भत्ता खाएर बस्नुहुँदैन भनेर राजीनामा दिएको उहाँको भनाई छ । आफ्नो तलब भत्तासमेत रोक्का गरिदिन उहाँले अनुरोध गर्नुभयो । निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभाको कार्यकाल कायम राख्नु लाजमर्दो भएको उहाँले बताउनुभयो ।























