सिजुवा । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं. २ बाट नेकपा एमालेले ऋषिकेश पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पार्टीका जिल्ला अध्यक्षसमेत रहनु भएका पोखरेल २०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गर्नुभएको थियो भने २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग पराजित हुनुभएको थियो ।























