उर्लाबारी । मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नं. ३ बाट नेकपा एमालेले भानुभक्त ढकालको सर्वसम्मत नाम सिफारिस गरेको छ ।
एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्रीसमेत रहनुभएका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको जनाएको छ । २०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँले कांग्रेसका सुनिल शर्मालाई पराजित गर्नुभएको थियो । यस पटक पनि शर्मा र ढकालको प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय