उर्लाबारी । माेरङ क्षेत्र नं. १ (क) मा नेकपा एमालेबाट देवीप्रसाद आचार्यकाे टिकट पाउने सम्भावना रहेकाे छ । भुगाेल मिलाउँदा आचार्यले टिकट पाउने सम्भावना बढेकाे हाे । मिक्लाजुङ गाउँपालिकाकाे अध्यक्ष भइसक्नु भएका आचार्य प्रदेश सभा सदस्य उम्मेदवार बन्न सक्ने प्रबल सम्भावना रहेकाे जानकार स्रोतले बताएकाे छ । प्रतिनिधिसभामा उर्लाबारीकी डा. शिवमाया तुम्वाहाम्फे र लेटाङका घनश्याम खतिवडामध्ये एकले टिकट पाउने देखिएकाे छ । तुम्वाहाम्फेले टिकट पाए आचार्यकाे पल्लाभारी हुनेछ ।























