झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनको लागि झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा एकल नाम सिफारिस गरिएको छ ।
क्षेत्रीय समन्वय कमिटीको आज बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा संघीय साँसदका लागि सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिनुभयो । बैठक दमक स्थित नगर पार्टी कार्यलयमा बसेको थियो ।























