उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य अर्जुन तुम्रोकको नाम मोरङ क्षेत्र नं. १ (क) को प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यका लागि सिफारिस भएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ ले पहिलो नम्बरमा तुम्रोकको नाम सिफारिस गरेको हो । उर्लाबारी–३ निवासी तुम्रोक नेपाली कांग्रेसभित्र लोकप्रिय हुनुहुन्छ । भ्रष्टचारी विरोधी नेताका रुपमा परिचित तुम्रोकलाई युवा पुस्ताले साथ र समर्थन गर्दै आएका छन् । परिवर्तनका सम्वाहक युवाहरुको साथ सर्मथन र उत्प्रेरणाबाट अभिप्रेरित तुम्रोकले आफु निर्वाचित भए भ्रष्टचारमा शुन्य सहनशिलताको अभियानमा प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । नेपाली कांग्रेसको प्राकृतिक स्रोतको उपयोग समितिको विज्ञ समेत रहनु भएका तुम्रोक २०५६ साल देखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । कांग्रेसको महाधिवेशन होस् या आम निर्वाचन विभिन्न पदमा उठ्ने उम्मेदवारहरुलाई हराउन वा जिताउन सक्ने गेम मेकरका रुपमा पनि तुम्रोक लिने गरिएको छ ।
२०६९ सालमा विजय गच्छदारको नेतृत्वमा रहेको लोकतान्त्रिक फोरम प्रवेश गर्नुभएका तुम्रोक दुई पटक केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७० को निर्वाचनमा तुम्रोकले गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसदको रुपमा उहाँलाई अघि सारिएको थियो । लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गरेपछि तुम्रोक कांग्रेसमा सक्रिय हुनुभएको छ । त्यसो त उनी फोरम पार्टीमा लाग्नुअघि पनि कांग्रेसमै आबद्ध हुनुहुन्थ्यो । २०६० सालमा शेरबहादुर देउवाले पार्टी फुटाएपछि उहाँ कांग्रेस प्रजातान्त्रिकमा लाग्नुभएको थियो । सामाजिक कार्यहरुमा सक्रिय तुम्रोक अशक्त, दिनदुखीको मद्दत गर्ने सहयोगी भावना र स्पष्ट वक्ताको रुपमा पनि चिनिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय