उर्लाबारी । मोरङ क्षेत्र नं. १ क मा प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले मोरङको उर्लाबारी वडा नं. ९ मा रहेको भीमसेन थानको अनुगमन गर्नुभएको छ ।
प्रदेश सांसद क्षेत्र विकास कोषको ५ लाख रुपैयाँ निर्माण भएको भवनको सांसद लिम्बूले अनुगमन गर्नुभएको हो । भीमसेन थानको विकास र विस्तारका लागि आगामी दिनमा पनि आफुले सकेको सहयोग गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । पर्यटकीय स्थलसहित भीमसेन थानको विकासमा जोड दिएको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की र ९ वडा वडाध्यक्ष नरबहादुर मोक्तानको पनि उपस्थिति रहेको थियो ।
त्यस्तै, उर्लाबारी वडा नं. ८ र ९ मा पर्ने दुर्गापुरी आम्बारी सडकको पनि अनुगमन गरिएको छ । प्रदेश सरकारको बजेटमा १२ सय मिटर सडक कालोपत्रे भएको छ भने १२ मिटर बाँकी रहेको छ । आम्बारीसम्म कालोपत्रे जोड्न बाँकी रहेको सडकमा कालोपत्रे गर्नका लागि पहल गर्ने सांसद लिम्बूले प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय