उर्लाबारी, उर्लाबारी नगरपालिकाको ४ नम्बर वडा कार्यालय भवन निर्माणका लागि स्थानीय धानेश्वर दाहाल र दिलकुमारी दाहालले जग्गा उपलब्ध गराउनुभएको छ । मेयर गंगाप्रसाद खरेलको अध्यक्षतामा बुधबार बसेको नगरपालिकाको ७६ औं कार्यपालिका बैठकले जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भीष्मराज बुढाथोकीले जानकारी दिनुभयो । दाहाल परिवारले आइतबारे चौकबाट ५०० मिटर दक्षिणमा ठाडो बाटोले छोएको तीन कट्ठा जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् ।
प्रवक्ता बुढाथोकीका अनुसार कार्यपालिका बैठकका अधिकांश निर्णयहरु कार्यान्वयन भइरहेका छन् । शहरी शासकीय क्षमता तथा पुर्वाधार विकास परियोजना (nupid) अन्तर्गत उर्लाबारी २ र ३ को सीमा कृष्णचौक, गोलचौक हुँदै सुनझोडासम्म जाने सडकको दायाँबायाँका जग्गाहरुको लगतकट्टा गर्ने सम्बन्धमा भू–उपयोग परिसदबाट भएको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ । विश्व बैंकको सहयोगमा उक्त योजनाको ठेक्का प्रक्रियासमेत सुरु भइसकेको र बैंकसंगको सम्झौता बमोजिम समयमा नै सम्पन्न गर्नुपर्ने भएकाले कार्यपालिकाले केहि महत्वपुर्ण निर्णय गरेको छ । बाटोमा पर्ने जग्गाको लगतकट्टा नगरेमा योजना संचालन गर्न समस्या हुने भएकाले ति जग्गालाई गैरकृषि क्षेत्रमा पर्ने व्यहोराको सिफारिसका साथै लगतकट्टा प्रक्रिया अगाडी बढाउन मालपोत कार्यालय बेलबारीलाई सिफारिस गर्ने निर्णय गरिएको बुढाथोकीले जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय