उर्लाबारी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं मोरङ क्षेत्र नं. १ (क) का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) चुनाबी मिसनमा खटिनुभएको छ ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन हुँदा मोरङ क्षेत्र नं. १ (क) माओवादीको भागमा पर्ने निश्चित छ । यो क्षेत्रमा माओवादीले लोकप्रिय युवा नेता साम्बालाई पुनः दोस्रो कार्यकालको लागि उम्मेद्वार बनाउँदैछ । विकासप्रेमी नेताको छबी बनाउनु भएका साम्बाले प्रदेश सांसद हुँदा मन्त्रीको भन्दा बढी बजेट क्षेत्रको विकासमा ल्याउन सफल बन्नुभएको थियो । जनताको सेवक बनेका काम गर्नु हुने सांसद लिम्बूको लोकप्रियता लोभलाग्दो छ । यस पटकको निर्वाचनमा जनताले काम हेरेर मतदान गर्नेमा सांसद साम्बा आशावादी हुनुहुन्छ । माओवादीले आधिकारिक रुपमा उम्मेद्वार घोषणा नगरेपनि सांसद लिम्बूले भेटघाट तथा योजनाको अनुगमन गरिरहनुभएको छ । भेटघाटमा अधिकांशले पुनः एक पटक उम्मेद्वार बन्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय