
उर्लाबारी । मोरङ जिल्लाको विराटनगरपछि पूर्वी मोरङमा नाम चलेको हस्पिटल हो, अरनिको । उर्लाबारी वडा नं. ५ मा रहेको अरनिको हस्पिटल स्थापनाको छोटो समयमै बिरामीको मन जित्न सफल भएको छ । पूर्वी मोरङमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको यस हस्पिटलले नयाँ सोच र दृष्टिका साथ सर्वसुलभ रूपमा गुणस्तरीय, भरपर्दो स्वास्थ्य सेवाबाट बिरामीको मन जित्न सफल भएको स्थानीय जीवन चिमरिया बताउनुहुन्छ ।
२०७० सालमा स्थापना भएको उक्त हस्पिटलले अन्य निजी अस्पतालभन्दा स्वास्थ्य सेवा, गुणस्तर र सहुलियतका दृष्टिले फरक रूपमा रहेको छ । हस्पिटलले अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी ख्यातिप्राप्त चिकित्सकहरूबाट विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । आधुनिक प्रविधि सम्पन्न उक्त हस्पिटलमा पूर्वी मोरङका साथै झापा, इलामलगायत स्थानबाट समेत उपचारका लागि बिरामी आउने गरेको अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । हस्पिटलमा पूर्णकालिन बिशेषज्ञ चिकित्सकहरूबाट दैनिक सेवा, २४ सैं घण्टा आकस्मिकसहित इमरजेन्सी सेवा, २४ सैं घण्टा अत्याधुनिक औजार र उपकरण दक्ष जनशक्तिसहितको ल्याव सेवा, भिडियो एक्स–रे सेवा, डिजिटल एक्स–रे सेवा, हाडजोर्नी, जनरल सर्जरी सम्बन्धि शल्यक्रिया सेवा, निःशुल्क डेलिभेरी सेवा, आधुनिक उपकरणसहितको पोष्टअपरेटिभ सेवा, फिजियोथेरापी सेवालगायत सेवा दिँदै आएको छ । नेपाल सरकारकाको स्वास्थ्य बिमा कार्यक्रमसमेत यो हस्पिटलमा लागु गरिएको छ । सबैका लागि गुणस्तरीय स्वास्थ्यको अवधारणाअनुरूप सर्वसाधारणले पनि धान्न सक्ने गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको अध्यक्ष पोमुको भनाई छ । बिरामीहरुलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अरनिको हस्पिटलले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको निःशुल्क उपचारको ब्यवस्था समेत मिलाउँदै आएको छ । अरनिको हस्पिटलमा मासिक ४ हजार देखि ६ हजारसम्म विरामीहरुले ओपिडी सेवा लिँदै आउनुभएको छ भने आकस्मित सेवा ८ सय देखि १ हजार ५ सय सम्मले सेवा लिँदै आएको हस्पिटल प्रशासनले जनाएको छ । साथै दुर्घटनामा परेका बिरामीहरुलाई तत्काल आवश्यक पर्ने उपचार उपलब्ध गराई ज्यान जोखिमबाट मुक्त गर्ने कार्य अरनिको हस्पिटलले गर्दै आएको छ । मोरङमा विराटनगरबाहिर अरनिको हस्पिटलले इको कार्डियोग्राफी, ईण्डोस्कोपी, भेन्टिलेटर एनेस्थेसिया मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।
हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तरगत भूकम्प, कोरोनालगायत महामारीमा स्वास्थ्य शिबिरको साथै आर्थिक सहयोग, विभिन्न संघसंस्थाको साझेदारीमा स्वास्थ्य शिबिर, उर्लाबारी नगरपालिका र विपी कोइराला क्यान्सर अस्पताल चितवनको सहकार्यमा क्यान्सर सम्बन्धी निःशुल्क बृहत स्वास्थ्य शिबिरलगायत गरेको छ । अति निम्न वर्गको निःशुल्क उपचार, जेष्ठ नागरिकको उपचारमा ५० प्रतिशत छुट, गरिब तथा विपन्न विरामीहरुको स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट गर्दै आएको अध्यक्ष पोमुले जानकारी दिनुभयो । हस्पिटलमा पूर्णकालिन सेवामा डा. सन्दिप अधिकारी, डा. भुवन थापा, डा. सुरज तिवारी, डा. प्रज्वल कोइराला, डा. गौतमकुमार झा, डा. सञ्जय मास्के, डा. रामनरेश सिंह, डा. उपेन्द्र घिमिरे, उमेश सिंहलगायतको सेवा रहेको छ भने आंशिक सेवामा डा. प्रकृति आचार्य, डा. लिलासुन्दर श्रेष्ठ, डा. अरुण सापकोटा, डा. गुरु पौडेल, डा. सुवोध दाहालले सेवा दिँदै आउनुभएको छ ।
क्रमिक रुपमा अस्पताललाई विस्तार गर्दै पूर्वाञ्चालको एक उत्कृष्ट उपचार गन्तब्यको रुपमा विस्तार गर्ने, आईसियू, एनआईसियूको सेवा विस्तार गर्ने, निःसन्ता दम्पतिको उपचार केन्द्रको रुपमा विकास गर्दै सो क्षेत्रमा अग्रणी भूमिका खेल्ने, निजी सार्वजनिक साझेदारिता गरी नेपाल सरकारका विभिन्न स्वास्थ्य कार्यक्रमहरु लागु गर्ने र यस क्षेत्रका जनतालाई सेवा प्रदान गर्ने, निःशुल्क डाइलासिस सेवा, ६४ स्लाइको सिटी स्क्यानर मेसिनसहित न्यूरो सर्जरी सेवा प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष पोमुले जानकारी दिनुभयो ।