ADVERTISEMENT

उर्लाबारी । मोरङको उर्लाबारी–७ का २५ बर्षीय योगेश बस्नेतले राजनीतिक क्षेत्रमा आफुलाई अब्बल सावित गरेका छन् ।
युवा संघ नेपालबाट राजनीति सुरु गरेका बस्नेतले अहिले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) उर्लाबारी वडा नं. ७ शाखा कमिटीको सह–संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् भने राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगरकमिटीको पनि सह–संयोजक भएर काम गरिरहेका छन् । युवा परिचालन, राजनीतिक योजना निर्माणलगायतमा बस्नेतलाई अब्बल मानिन्छ । उनी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तत्कालिन एमाले र माओबादीको एकतामा बनेको बाम गठबन्धनका उम्मेद्वारलाई जिताउन युवा मोर्चामार्फत परिचालित भएका थिए । राजनीतिलाई सेवाको रुपमा लिने बस्नेत सामाजिक सेवाका काममा पनि उत्तिकै सक्रिय छन् । राष्ट्रिय युवा संघको माध्यमबाट पनि उर्लाबारी क्षेत्रमा विविध कार्यक्रम सञ्चालनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनको अध्यक्षमा रहेको एच नेपालय फाउण्डेनबाट पनि सामाजिक सेवाका काम गर्दै आएका छन् । ‘नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्रपंक्तिमा देखिन्छ युवाहरुको भूमिका’ उनले भने–‘तर, युवाहरुलाई अवसरमा भने उपेक्षा गरिँदै आएको छ ।’
युवाहरुलाई राजनीतिमा प्रयोगमात्र गर्ने प्रवृत्ति ब्यापक रहेकाले अबको नेतृत्वमा युवाहरु अग्रभागमा सरिक भएर काम गर्नु पर्ने अवस्था आएको उनको अनुभव छ । ‘नेताको वरिपरि घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ’ उनले भने–‘जसबाट युवालाई राजनीतिमा सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु