उर्लाबारी, उर्लाबारी नगरपालिका कार्यालयले नगर क्षेत्रभित्रका खोलाबाट नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्ने साधनलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

साउन ५ गतेको निर्णय अनुसार खोला उत्खनन् गरेमा तथा स्टोक प्रमाणित नगरि ओसारपसार गरिएको पाइएमा पहिलो पटकका लागि प्रति ट्याक्टर रु. १५ हजार र ब्याक – हो लोडर (जेसीबी) तथा ट्रिफरलाई रु. ३० हजारका दरले जरिवाना गरिने निर्णय भएको उर्लाबारी नगरपालिकाले जनाएको छ । साथै पटकेमा पर्ने साधनका हकमा नियमानुसार जरिवाना गरिने पनि जनाइएको छ । यसैबीच नगरको निर्णय भएलगतै नियम उलंघन गर्ने तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिइ रु. ४५ हजार जरिवाना गरिएको नगर प्रहरी इञ्चार्ज याम कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय