दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाभित्र रहेका अधिकांश शैक्षिक संस्थाहरु भएका क्षेत्रमा खुलेआम रुपमा मादक पदार्थ र सुर्तीजन्य पदार्थ बेचबिखन तीब्र रुपमा मौलाउँदै गएको देखिन्छ । उर्लाबारीमा २२ सामुदायिक र संस्थागत दर्ता बिद्यालय ३५ गरी जम्मा ५७ वटा बिद्यालयहरु रहेका छन् ।
बिद्यालय आसपासमा विद्यार्थीलाई खाजा, नास्ता, चिया, कपि,कलम जस्ता विविध आवश्यक कुराहरूमा सहजीकरण होस् भनेर खोलिएका किराना पसलहरु, खुद्रा पसलहरुमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थको बेचबिखन खुल्ला रुपमा भइरहँदा धेरै जसो विद्यार्थीहरुमा मारमा पर्दै आइ रहेका छन् । बिद्यालय क्षेत्रमा मादक पदार्थ सेवन गरि हौहल्ला गर्ने झगडा गर्ने गतिविधि पनि केही मात्रामा बढी रहेको पाइन्छ । जसले गर्दा विद्यार्थीले सिक्ने व्यबहारीक शिक्षामा दख्खल पुग्ने गरेको छ । विद्यार्थी वर्गलाई यस्ता वस्तुबाट टाढा राख्न पर्ने देखिन्छ । तर, यहाँ भने कतिपय विद्यार्थीले नै त्यस्ता बस्तुको प्रयोग गर्न सिकिरहेको र पसलेहरुले ब्यापारको नाममा विद्यार्थीहरुलाई समेत बिक्री गर्ने गरेका छन् ।
सचेत नागरिक सनम तामाङले यस्तो संबेदनशिल बिषयमा पनि बिद्यालयका आधिकारिक ब्यक्तिहरु, शिक्षक अविभावक, जनप्रतिनिधिहरु रमिते भएर बस्दा ब्यापारीको मनोबल बढ्ने गरेको बताउनुभएको छ । स्थानीय सरकार शिक्षा ऎन २०७५ को बुँदा नम्बर ८४ मा बिद्यालय क्षेत्र ५०० मिटर आसपास मादक पदर्थ र सुर्तीजन्य पदार्थ बेचबिखन गर्न र नगर्न नदिने भनेर कानुन समेत बनिएको छ । तर, ती नियम कानुन कार्यान्यन गर्न कसैले पहल गरेको देखिँदैन । विभिन्न शिक्षक संघ संगठनहरु, विद्यार्थी संघ–संगठन, सचेत नागरिकका अन्य संगठनहरु, युवा क्लबहरु, शिक्षा सुधारमा काम गर्ने सामाजिक अभियान्ताहरु छन् । तर, यो विषयमा कोही कसैले पनि सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चासो देखाएका छैनन् । देख्दा र सुन्दा सामान्य लाग्ने यो कुराले विद्यार्थीको भबिस्यको सवाल उठाउने हुँदा तत्काल यो बिषयमा गम्भीर नगरबासी र सरोकारवालाहरुले केही ठोस कदम चाल्नु पर्ने तामाङको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय