दिपेन्द्र बहादुर विश्वकर्मा
उर्लाबारी । अघिल्लो आर्थिक बर्ष २०७९÷०८० मा उर्लाबारी ट्राफिक प्रहरीले ३२ लाख ३५ हजार राजश्व संकलन गरेको छ ।
तीब्र गतिमा सवारी चलाउने , बिना बिल बुक बिना लाइसेन्स सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेजस्ता अन्य शिर्षकमा सो राजश्व संकलन गरिएको सहायक निरीक्षक किशोर निरौलाले जानकारी दिनुभएको छ । ट्राफिक नियम उलंघन गरी ५ हजार ३ सय सवारी साधनलाई कार्वाही गरिएको उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक बर्ष २०७९÷०८० को तथ्यांकअनुसार उर्लाबारीमा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ रहेको छ । जसमा सबै पुरुष रहेका छन् । दुर्घटनामै परि गम्भीर घाइते भएकाहरुको संख्या ४५ र सामान्य घाइते भएकाहरुको संख्या ७३ रहेको छ । यो २०७८÷०७९ को तथ्यांकअनुसार धेरै सुधार भएको हो । सुधारका लागि प्रतिदिन नागरिकलाई विभिन्न सचेतता मुलक प्रशिक्षण तालिम दिइने गरेको सहायक निरीक्षक निरौलाले जानकारी दिनुभयो । जसमा सडक पैदल यात्रीलाई , सवारी चालक, सहचालक, आम नागरिकलाई , विद्यार्थीहरुलाई , ट्राफिक नियम पालना र महत्वका बारेमा प्रशिक्षणलगायत बर्षभरिका सार्वजनिक बिदा बाहेक अन्य दिन नियमित रुपमा गर्ने गरेको उहाँको भनाइ छ ।























