झापा । कनकाई नगरपालिका–४ कोटीहोममा मंगलवार राती मोटरसाइकललाई एक पिकअफले ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।
कनकाई नगरपालिका ४ कोटीहोम निवासी ३५ बर्षीय सम्भु लिम्बुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा भान्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको एक पिकअप भ्यानले ठक्कर दिएको थियो ।
पिकअपको ठक्करबाट घाईते बनेका लिम्बुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने पिकअपको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार अर्का सागर लिम्बुको भने अवस्था सामान्य रहेको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार पछाडि बस्ने मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय