उर्लाबारी । गत असार २ गते आएको बाढी र पहिरोबाट पीडित भएकाहरुलाई नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ ।
ताप्लेजुङ र पाँचथरका बाढी पहिरो पीडितका लागि सह–महामन्त्री फागोसहितको टिमले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको हो । उक्त रकम काँग्रेस जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी प्रदान गरिएको हो । नेपाली काँग्रेस ताप्लेजुङको कार्यालयमा सहयोग हस्तान्तरण कार्यक्रमका बीच सह–महामन्त्री फागोले काँग्रेस जिल्ला कोषाध्यक्ष तारानाथ बराल, पूर्व जिल्ला सभापति केशव दाहाललाई १ लाख ५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गर्नुभयो ।


यस्तै, सह–महामन्त्री फागोले काँग्रेस जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी १ लाख ५ हजार ५ सय रुपैयाँ पाँचथर जिल्ला सभापति रुपनारायण जवेगुलाई हस्तान्तरण गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस मोरङ १ (१) का उपसभापति लोलिम पोमू लिम्बू, सदस्य टंक राई, भेषराज फागो, सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष सरोज बस्नेतलगायत सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय