उर्लाबारी । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ । उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो ।
गौतमले केही समयअघि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नु भएको थियो । प्रचण्डसँगको भेटपछि राजीनामा दिएर सरकार गठन गर्न उहाँ विराटनगर आउनुभएको थियो । यसअघि असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशीको मुख्यमन्त्री बन्न प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेपछि सभामुख गौतम विवादमा तानिनु भएको थियो ।























