झापा। चारजना कैदीलाई अर्को कारागारमा सरूवा गर्न लागिएपछि झापा जिल्ला कारागारका कैदीबन्दीहरू आन्दोलित भएका छन् ।
मनोज लावतीसहिच चारजना कैदीलाई सुनसरीस्थित झुम्का कारागार पठाउन लागिएपछि कैदीबन्दीहरूले कारागारभित्रै आगजनी गरेका हुन् ।
उनीहरूले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । कैदीबन्दीले ढुंगामुढा गरेपछि कारागारको स्थित तनावग्रस्त बनेको थियो ।
कैदीबन्दीहरुले कारागार प्रमुख मोहन पनेरुलाई हटाउन माग गर्दै नाराबाजी गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ।
अहिले भने स्थिति सामान्य बनेको छ । कैदी तत्काल सरूवा नगर्ने भएपछि कैदीले आन्दोलन रोकेका हुन् ।























