उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोको नेतृत्वमा असार २ गते गएको बाढी र पहिरोका कारण परिवारका आफन्त र जनधन गुमाएका पाँचथर, ताप्लेजुङ र संखुवासभाकाका पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
तीनै जिल्लाका पीडितलाई नेपाली कांग्रेस जिल्ला समितिमार्फत १ लाख ५ हजार ५ सय रुपैयाँका दरले रकम सहयोग गरेको हो । सह–महान्त्री फागोसहितको टिम पुगेर पीडित परिवारलाई सहयोग पुगोस् भन्ने हेर्तुले आर्थिक सहयोग गरिएको आर्थिक संयोजक तथा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १(१) का उपसभापति लोलिम पोमुले जानकारी दिनुभयो ।
बाढी र पहिरोका कारण परिवारका आफन्त र जनधन गुमाएका पाँचथर, ताप्लेजुङ र संखुवासभामा १ लाख ५ हजार ५ सय रुपैयाँका दरले रकम सहयोग गरेको सह–महामन्त्री खड्ग फागोले जानकारी दिनुभयो । ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढी पहिरो पीडितका लागि फागोसहितको टिमले ३ लाख १६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । उक्त रकम काँग्रेस जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी प्रदान गरिएको छ । नेपाली काँग्रेस ताप्लेजुङको कार्यालयमा एक कार्यक्रमका बीच फागोले काँग्रेस जिल्ला कोषाध्यक्ष तारानाथ बराल, पूर्व जिल्ला सभापति केशव दाहाललाई १ लाख ५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गर्नुभयो । यस्तै, फागोले काँग्रेस जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी १ लाख ५ हजार ५ सय रुपैयाँ पाँचथर जिल्ला सभापति रुपनारायण जवेगुलाई हस्तान्तरण गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस मोरङ १ (१) का उपसभापति लोलिम पोमूू, सदस्य टंक राई, भेषराज फागो, सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष सरोज बस्नेतलगायत सहभागी रहनुभएको थियो ।
यसअघि नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोको नेतृत्वमा संखुवासभाका बाढी र पहिलो पीडितहरुलाई १ लाख ५ हजार ५ सय रुपैयाँ सहयोग गरिएको थियो । फागोको नेतृत्वमा गएको टिमले नेपाली कांग्रेस जिल्ला समिति संखुवासभालाई राहत रकम हस्तान्तरण गरिएको थियो ।
राहत वितरणका लागि सह–महामन्त्री खड्ग फागो, सुरेन्द्र लिम्बू, लोलिम पोमु, सोम तिम्सिना, आनन्द फागो, बद्रीप्रसाद खरेल, बिमल थापा, अर्जुन तुम्रोक, बबी राई, विनोद राई, किरण खड्का, नविन लामा, जबर तामाङ, सुरेन्द्रकुमार उप्रेती, मोहन थापा, बलबहादुर फागोले जनही १०÷१० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै, राजन कँडेल र बबी निरौलाले जनही ७÷७ हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै, भीम पोख्रेल, भेषराज फागो, भरत भट्टराई, जंगबीर तामाङ, गंगा याख्या, पर्वत राई, बबिना लिम्बू÷कुमारी लिम्बू, देबेन्द्र खड्का, सेमन्त दाहाल, विशाल राई, तिर्थ लामिछाने, गोपाल कटुवाल, कल्याण राई, खेमराज कार्की, खडी मगर, अर्पण श्रेष्ठ, नेत्र घिमिरे, चिन्तामणि पौडेल, दिपक भट्टराई, टंक राई, कुमार कार्की, पूर्ण सिंगक लिम्बू, माधब घिमिरेले जनही ५÷५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
त्यस्तै, प्रेम याख्या, विनोद दाहाल, ऋषिकेश खनाल, बेद दाहालले जनही ३÷३ हजार रुपैयाँ सहयोग गर्नुभएको छ भने सुमन कार्कीले २ हजार १ सय र तुलबहादुर थापा,बेचन यादबले जनही २÷२ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।























